बारा । बाराबाट सशस्त्र प्रहरीले ट्रकमा रहेको एक क्विन्टल तीन किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको टोलिले ना ८ ख ९०२७ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो ।
पचरौता नगरपालिका ३ रामनगर स्थित बिओपि बेनौलीबाट खटिएको टोलिले गाँजा बरामद गरेको हो । बरामद गाँजासहित ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए ।




