धनुषा । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका ६, सिर्सिया निवासी बिन्देश्वर यादवको गोठमा गए राति अचानक आगलागी हुँदा ठूलो क्षति भएको छ ।
आगलागीका कारण यादवको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ भने करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि गोठमा रहेका सामग्री जलेर नष्ट भइसकेका थिए । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।




