महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका १ निवासी ७० वर्षीय सिंह बहादुर योञ्जन आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । स्थानीय बासिन्दाले सूचना दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतकको मृत्युको कारण खुल्न नसकेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटना बारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने भएकाले अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।




