सिराहा । सिराहाको लहान नगरपालिका १ लोकतन्त्र चोकबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
लहान नगरपालिका ६ कुम्हाल टोल निवासी ५२ वर्षीय जुक्ती लाल पासवानलाई शुक्रबार बिहान लागूऔषध डाइजेपाम १९८ एम्पुल, प्रोमेथाजाइन १९८ एम्पुल, र बुप्रेनोर्फिन १९८ एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले पासवानलाई नियन्त्रणमा लिएको हो । हाल घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




