रौतहट । रौतहट जिल्लाको वृन्दावन नगरपालिका ६ मौवाही टोलमा शुक्रबार साँझ आगलागी हुँदा ठूलो क्षति भएको छ । हैदर अलिको घरमा अचानक आगलागी भएपछि घरभित्र रहेका लत्ता कपडा, अन्नपात तथा भाँडावर्तन जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको भए पनि घरधनी अलिलाई ठूलो आर्थिक क्षति पुगेको छ । आगलागीको कारण खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।




