रौतहट । रौतहटको राजदेवी नगरपालिका ६ मनुसमारा खोलामा सोमबार एक अन्दाजी २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन् । मृतकको नाम, थर, वतन खुल्न सकेको छैन ।
स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ । शवको सनाखत तथा घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




