सिराहा । सिराहाको सुखिपुर नगरपालिका ८ मा विद्युत् सर्टका कारण आगलागी हुँदा लाखौंको क्षति भएको छ । बुधबार बिहान सत्य नारायण चौधरीको स्टोर रूममा अचानक आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । भाग्यवश कुनै मानवीय क्षति नभएपनि व्यवसायिक सामान जलेर नष्ट हुँदा ठूलो आर्थिक क्षति भएको छ । प्रहरीले आगलागीको थप अनुसन्धान गरिरहेको जनाएको छ ।




