बारा । जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्रामसहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका २२ चक्री टोल बस्ने ४२ वर्षीय बुद्ध घलान, सोही उपमहानगरपालिका ८ बस्ने ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय बिर बहादुर डम्वा र मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे बस्ने २७ वर्षीय सोमलाल पाख्रीन रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




