रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका ५ भेडीयाहीमा आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ । बुधबार साँझ भएको उक्त आगलागीमा स्थानीय मोहन पालको घर जलेर नष्ट भएको छ ।
प्राप्त जानकारी अनुसार, आगलागीका कारण घरमा रहेको करिब २ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल पूर्ण रूपमा नष्ट भएको छ । स्थानीयबासी तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण भने हालसम्म स्पष्ट नभएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।




