पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका १ स्थित दसगजाबाट प्रहरीले करिब ३० किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरी चौकी पाण्डेपुरबाट गस्तीमा गएको टोलीलाई देख्नासाथ पाण्डेपुरबाट दसगजातर्फ जाँदै गरेका केही अपरिचित व्यक्तिहरू बोकिरहेको बोरा छाडेर फरार भएका थिए ।
प्रहरीले बोरा खोली जाँच गर्दा ठूलो मात्रामा गाँजा फेला परेको हो । हाल फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । साथै, घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।




