बारा । बारामा आठ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर, हेटौँडा उप-महानगरपालिका १२ का मिलन र गोपाल प्रसाद गौतम रहेका छन् ।
सशस्त्र प्रहरीले जीतपुर सिमरा उप-महानगरपालिका १ स्थित बा प्र ०१-०२९ च ५४१४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको अफिम बरामद गरेको थियो । बरामद गरिएको अफिमको तौल आठ किलो २५२ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए ।




