महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ४ चकवाबाट करिब ५०० ग्राम अवैध लागूऔषध गाँजासहित एक किशोरलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मनरा शिसवा नगरपालिका ९ बस्ने १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी हल्खोरीबाट खटिएको टोलीले म प्र ०२-००५ प ८९६३ नम्बरको मोटरसाइकलमा सवार उनलाई गाँजासहित पक्राउ गरेको हो ।
घटनामा संलग्न रहेका मोटरसाइकलमा सवार अर्का एक जना भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको छ ।




