सिराहा । सिराहाको नरहा गाउँपालिका २ पानवारी गाउँस्थित सडकमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । शनिबार साँझ एचआर २० एयु ६०१४ नम्बरको कारले ठक्कर दिँदा सोही गाउँपालिका निवासी ५५ वर्षीया रामपरी देवी महरा गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि सुनसरीको भन्टाबारी अस्पतालमा लगिएकोमा थप उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि कार चालक फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




