महोत्तरी । मंगलबार साँझ बर्दिबास नगरपालिका ३ बाट २ सय ३५ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित मकवानपुर थाहा नगरपालिका ७ डाडाँबासका २७ वर्षीय कबिराज गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले प्रदेश ०१-००६ ख ५३७१ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।
प्रहरीका अनुसार, गाँजा ट्रकको विभिन्न स्थानमा लुकााइएको थियो । यसैबीच, चालक कबिराज गोलेलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । प्रहरीले अवैध लागूऔषध कारोबारको नियन्त्रण र यसका दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।




