सिरहा । जिल्ला प्रशासन कार्यालय, सिरहाबाट ६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीलाई अनावश्यक हैरानी दिने तथा गैरकानुनी रूपमा असुली गर्ने गरेको सूचनाका आधारमा मंगलबार प्रहरीले उनीहरूलाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार बिचौलियाहरूले सेवाग्राहीको काम छिटो गरिदिने बहानामा रकम असुली गर्दै आएका थिए । यस विषयमा अनुसन्धान भइरहेको हुँदा हाल उनीहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका बिचौलियाहरू जिल्ला प्रशासनका केही कर्मचारीहरूसँग मिलेर नागरिकबाट अनावश्यक शुल्क लिने कार्यमा संलग्न थिए । घटना बारे थप अनुसन्धान जारी छ ।




