सर्लाही । सर्लाहीको वागमती नगरपालिकामा लागुऔषध गाँजासहित ७६ वर्षीय एक वृद्ध पक्राउ परेका छन् । प्रहरीले वागमती नगरपालिका १२ बथाने टोलका मानबहादुर बललाई १६.५ किलो गाँजासहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, बलले आफ्नै घरमा गाँजा बिक्री तथा वितरण गर्दै आएको सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
हाल उनलाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।




