सिराहा । सिरहा नगरपालिका १४ लच्काबाट हेरोइन जस्तो देखिने लागूऔषधसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ गरिएको कारबाहीमा उनीहरूलाई २ ग्राम ५ सय मिलिग्राम लागूऔषध सहित नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका १० का २४ वर्षीय प्रबिन बुढाथोकी र २२ वर्षीय श्रवण कुमाल रहेका छन् ।
भारतको जयनगरबाट सिरहातर्फ आउँदै गरेको बा प्र ०२–०३२ प ५१३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई खिरौना प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शंका लागेर रोकेर चेकजाँच गर्दा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा अघि बढाइएको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।




