बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट करिब ३२ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति मकवानपुर हेटौंडा उपमहानगरपालिका १४ निवासी ४२ वर्षीय सोमबहादुर मोक्तान रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको ना १ ह ८९६१ नम्बरको अटो रिक्सा जाँच गर्ने क्रममा सो परिमाणको गाँजा फेला पारेको हो ।
गाँजा अटो रिक्शामा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको र अटो चालक मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




