बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका ६ बस्ने ३८ वर्षीय रबी थिङ रहेका छन् ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ३६ प २१७७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थिङको साथबाट १० किलो ७ सय ग्राम गाँजा बरामद गरिएको छ । प्रहरीले लागूऔषध सम्बन्धी कसूरमा उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




