सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका ८ टाँडीकी २४ वर्षीया संगिता यादवको सोमबार बेलुकी करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको चापाकलमा पानी तान्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
प्रहरीका अनुसार विद्युत् मोटर जडान गरिएको चापाकल संचालन गर्ने क्रममा करेन्ट लाग्दा संगिता बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि नगर अस्पताल लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घरेलु विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी नअपनाउँदा यस्ता दुर्घटना बढ्दो रहेको प्रहरीको भनाइ छ ।




