बारा । बारा जिल्लाको निजगढ नगरपालिका ७ स्थित भमरापुलबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जना निजगढ ६ भमरा टोल निवासी ३० वर्षीय अमृत राउत रहेका छन् ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने तीनैजनाको साथबाट नोर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल, स्पास्मो १० ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट र नाइट्राजेपाम १० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लागुऔषध ओसारपसार तथा कारोवारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीले निगरानी कडा बनाएको जनाएको छ ।




