सिराहा । सिराहाको लहान नगरपालिका १ सिङ्ग्राहीमा डेरा गरी बस्ने सुरूङ्गा नगरपालिका ११ निवासी परमानन्द चौधरीका १२ वर्षीय छोरा सुशिल चौधरीको करेन्ट लागेर ज्यान गएको छ ।
मंगलबार दिउँसो घरको आँगनमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा सुशिललाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई तुरुन्तै लहानस्थित लाईफ लाईन केयर अस्पताल पुर्याइएको थियो ।
तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




