बारा । बारा जिल्लाको निजगढ नगरपालिका ८ कभडहल नजिकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने करिब ५ ग्राम अवैध पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका ८ बकैया टोलका ३४ वर्षीय कमल केसी र निजगढ ९ का ४३ वर्षीय राम गोपाल श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट निजगढतर्फ आउँदै गरेको म प्र ०३–०३० प २९६१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा रोकेर चेकजाँच गर्दा उक्त लागुऔषध बरामद भएको हो । हाल पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी मुद्दा अघि बढाउन प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




