रौतहट । रौतहटको राजपुर नगरपालिका ३ महमद टोलस्थित सडकमा गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ । म प्र ०३–००२ ह ६३८६ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँका रोज उमैरका छोरा शेख अजुल्लान गम्भीर घाइते भएका थिए ।
बुधबार बेलुकी भएको दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि आशिर्वाद अस्पताल, कलैया (बारा) लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




