बारा । बारा जिल्लाको पचरौता नगरपालिका ३ रामनगरबाट करिब ८ किलोग्राम अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी श्रीनगर बैरीयाबाट खटिएको टोलीले कलैयातर्फ जाँदै गरेको बिआर ०५ एएन ०२२७ नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा देखेपछि रोक्न खोज्दा चालक मोटरसाइकल छाडी फरार भएको थियो ।
प्रहरीले सो मोटरसाइकलको तलासी लिँदा झोलामा राखिएको अवस्थामा करिब ८ किलोग्राम गाँजा फेला पारी बरामद गरेको हो ।
हाल फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




