महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ मा शनिबार राति भएको आगलागीमा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय दिलिप शंकर साहको घरमा रहेको राज कुमार साहले सञ्चालन गर्दै आएको कपडा पसलमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीका कारण पसलमा रहेका लत्ता कपडा र अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहकार्यमा आगो नियन्त्रणमा ल्याइएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




