सिराहा । सिराहा जिल्लाको सुखिपुर नगरपालिका २ बरियारपट्टीस्थित सडकमा अज्ञात सवारी साधनको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
आइतबार राति करिब ७० वर्षीया कोमल देवी यादवलाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने सवारी साधनको पहिचान अझै खुल्न सकेको छैन र दोषीलाई पत्ता लगाउन खोजी कार्य जारी रहेको छ ।
यस घटनासँगै स्थानीय बासिन्दामा सडक सुरक्षा प्रति चासो बढेको छ । प्रहरीले दुर्घटना बारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।




