महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १४ स्थित डेरा गरी बस्ने एक युवकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका ११ खयरमारा घर भई हाल नगरपालिका १४ मा डेरा गरी बस्ने २६ वर्षीय कुबेर जंग राय रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो उनको डेरामा तलासी गर्दा करिब १ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार रायविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।




