सिराहा । सिराहाको बरियारपट्टी गाउँपालिका ५ तेनुवापट्टीस्थित सडकमा अज्ञात सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
सोमबार राति पैदलयात्राका क्रममा भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
मृतकको नाम, थर र वतन हालसम्म नखुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न सवारी साधन र चालक भने फरार रहेका छन् । प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ ।




