सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका ५ मजुर्वामा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय महमद अफदल अलीको घरमा अचानक आगलागी भएको हो । आगलागीको कारण खुल्न बाँकी रहेपनि घटनाले ठूलो आर्थिक क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा ल्याइएको थियो । इलाका प्रहरी कार्यालयले आगलागीको कारण पत्ता लगाउने र थप क्षति विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ ।




