पर्सा । पर्साको वीरगंज महानगरपालिका १३ मा सोमबार दिउँसो विद्युत सर्टका कारण आगलागी भएको छ । स्थानीय राजन अधिकारीको घरमा भएको आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घटनापछि स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।




