धनुषा । धनुषाको मिथिला नगरपालिका ६ बसीपुलस्थित सडकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
महेन्द्रनगरबाट ढल्केवरतर्फ जाँदै गरेको म प्र ०२–००७ प ९६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरी, लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका ३२ वर्षीय श्रवन कुमार महत्तो गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामा रहेका महत्तोलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।




