रौतहट । रौतहटको परोहा नगरपालिका ३ लौकाहा बजारस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक ठेला चालकको ज्यान गएको छ ।
तेजापाकडबाट पोखरीयातर्फ जाँदै गरेको प्रदेश २–०३–०२० प ३७२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ६० वर्षीय शेख गोनउर गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




