पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका २७ रामपुर टोलमा रहेको लक्ष्मी कृषि वन विकास फर्ममा बुधबार दिउँसो अचानक आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय रामभा देवीद्वारा सञ्चालित सो फर्ममा आगो लागेको प्रहरीले जानकारी दिएको छ । आगलागीले फर्म पूर्णरूपमा जलेर नष्ट भएको हो । फर्मभित्र रहेको कृषिजन्य सामग्री, उपकरण, संरचना र गोदाममा रहेका सामाग्री सबै जलेर नष्ट भएका छन् ।
स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको भएपनि ठूलो मात्रामा क्षति भइसकेको थियो । आगलागीको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




