बारा । बारा जिल्लाको प्रसौनी गाउँपालिका ४ खुटवास्थित एक घरबाट प्रहरीले अवैध लागूऔषध गाँजा र नगद रकमसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सोही स्थानका ३१ वर्षीय पवन कुमार साह रहेका छन् ।
बिहीबार बिहान इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले साहको घरमा तलासी गर्दा करिब २ किलो १ सय ग्राम गाँजा र नगद २७ हजार ४३० रुपैयाँ फेला पारेको हो ।
गाँजासहित नगद समेत बरामद भएपछि उनलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले लागूऔषध ओसारपसार तथा कारोवारमा संलग्न अन्य व्यक्ति वा सञ्जाल बारे पनि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




