सर्लाही । सर्लाहीको कविलासी नगरपालिका ७ गैर चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बिहीबार राति अज्ञात नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका ३० वर्षीय इन्द्रजित महराको उपचारका क्रममा शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटना पश्चात मोटरसाइकल चालक फरार रहेको र हाल प्रहरी टोलीले मोटरसाइकल तथा चालकको खोजी कार्य जारी राखेको बताइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




