बारा । जीतपुरसिमरा उपमहानगरपालिका २१ बाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ५१ ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार २ जनालाई देख्नासाथ उनीहरू मोटरसाइकल छोडी फरार भएका थिए । पछि मोटरसाइकलको तलासी गर्दा उक्त गाँजा फेला परेको हो ।
प्रहरीका अनुसार, मोटरसाइकल ना ४१ प ६२४१ रहेको थियो । हाल फरार रहेका व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी राखिएको छ । प्रहरीले अवैध लागूऔषध ओसारपसार गर्ने अपराधमा संलग्न व्यक्तिहरूलाई कडा कारवाही गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।




