सिराहा । धनगढीमाई नगरपालिका २ भवानीपुरस्थित सडकमा शुक्रबार दिउँसो म प्र ०१-००१ त २९६१ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३० वर्षीय सुरज रायको मृत्यु भएको छ ।
धनगढीमाई नगरपालिका २ भवानीपुरतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक सुरज रायलाई आरके मेडिसिटी हुँदै प्रादेशिक अस्पताल लहानमा ल्याइयो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सुरज राय लक्ष्मीपुर पतार गाउँपालिका ४ का निवासी थिए । प्रहरीले दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




