पर्सा । वीरगंज महानगरपालिका २१ परवानीपुरस्थित सडकमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मंगलबार दिउँसो ना ६ ख ७५०९ नम्बरको ट्रकले प्र २–०३–०२१ प ६३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा १९ वर्षीय प्रदिप कुमार गुप्ताको ज्यान गएको हो । उनी परवानीपुरका स्थायी बासिन्दा थिए । दुर्घटनामा गम्भीर घाइते भएका गुप्तालाई उपचारका लागि नारायणी अस्पताल वीरगंज लगिएको थियो ।
तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




