बारा । जीतपुरसिमरा उपमहानगरपालिका २३ ताजपुर टोलस्थित ५२ वर्षीय खलिल मियाको गोठघरमा गए राति आगलागी भएको छ । विद्युत सर्टको कारण भएको आगलागीमा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आगलागीबाट गोठघरमा रहेका गाईवस्तुको दाना, पराल, केही भाँडाकुँडा र लत्ताकपडा जलेर पूर्णरूपमा क्षति भएको जनाइएको छ । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




