सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरमल्हनियास्थित सडकमा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
स १ त ५०८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक २१ वर्षीय जितेन्द्र यादवको ज्यान गएको हो । उनी सोही ठाउँका स्थायी बासिन्दा हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजबिराज लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्याक्टरमा सवार सहचालक भने दुर्घटनामा घाइते भएका छन् र हाल उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




