सर्लाही । सर्लाही जिल्लाको कविलासी नगरपालिका १ पिपरिया चौरीस्थित पोखरीमा शुक्रबार दिउँसो डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय दिपेन्द्र रायका १२ वर्षीय छोरा बिराज कुमार यादव पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका थिए ।
उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भएपनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।




