सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ स्थित नासी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ पोखरीमा डुबेर मलंगवा नगरपालिका ३ निवासी श्रीराम यादवका ३ वर्षीय छोरा अभिराज यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
डुबेर अशक्त भएका अभिराजलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए । शोकाकुल यादव परिवारलाई स्थानीयवासी तथा आफन्तजनले समवेदना व्यक्त गरेका छन् ।




