बारा । बारा जिल्लाको आदर्शकोटवाल गाउँपालिका ८ बोहा टोलका ४५ वर्षीय चनर मुखियाको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार राति आफ्नै खेतमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लाग्दा मुखियाको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मुखियाको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनापछि प्रहरी टोलीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




