रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका ८ विजयपुर टोलमा गएराति भएको आगलागीमा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय जफरूल महमदको गोठ र किचेनमा अचानक आगलागी हुँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
आगलागीपछि प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण र विस्तृत विवरण बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




