सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ६ खुटौनास्थित सडकबाट ठूलो रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
आइतबार बिहान भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साहलाई प्रहरीले स्रोत नखुलेको ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रुपैयाँ र २ हजार १ सय ४० भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ सीटी २४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँचको क्रममा ठूलो रकमसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हाल उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




