सप्तरी । सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका १० बदगामा सडकमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२० नम्बरको बस आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा सप्तकोशी नगरपालिका १ का ७५ वर्षीय रत्न बहादुर मगराती तथा हाल नाम, थर र वतन नखुलेका एक पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए । बसमा सवार अन्य २२ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि धर्मेश्वर अस्पताल, नगर अस्पताल र गोल्डेन अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिई दुर्घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




