सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका २ बडहराबाट करिब ५५ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर जिल्ला, वेलका नगरपालिका ३ निवासी ४१ वर्षीय जयराम दाहाल रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कंचनपुर, सप्तरीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००३ ह २९३४ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा लुकाइछिपाई राखिएको ५५ किलो गाँजा फेला पारेपछि चालक जयराम दाहाललाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दाहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । अवैध लागूऔषध ओसारपसार नियन्त्रण गर्न सुरक्षाकर्मीले निगरानी कडा बनाएको बताइएको छ ।




