बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका २४ श्रीपुर चोकस्थित सडकमा टिपरको ठक्करबाट एक सात वर्षीय बालकको ज्यान गएको छ ।
बडहर्वा चोकबाट कलैयातर्फ जाँदै गरेको रा १ ख १९८० नम्बरको टिपरले सोही ठाउँ निवासी धर्मेन्द्र चौधरीका छोरा सुजित चौधरीलाई बुधबार बिहान ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बिएण्डबि अस्पताल, ललितपुर लगिएको थियो । तर, उपचारको क्रममा बुधबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




