सप्तरी । सुरूङगा नगरपालिका ५ स्थित सडकमा पार्क गरिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक पुरुषको ज्यान गएको छ । प्रहरीका अनुसार गए राति प्र २–०१–००१ क ००४५ नम्बरको रोकी राखिएको टिपरमा बा ६७ प ९५७६ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृतकको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन, तर उनी करिब ४० वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ । घाइते अवस्थामा उनलाई तत्कालै लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको ज्यान गएको हो । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




